728x90 AdSpace

newsbani

Latest News

Friday

सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या एक हजार आठ सय २०

१८ वैशाख, सिन्धुपाल्चोक 
 सिन्धुपाल्चोकमा भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय २० पुगेको छ भने हजारौँ घाइते भएका छन् ।

घाइतेमध्ये ६ सय १४ लाई उपचारका लागि राजधानी ल्याएको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले जानकारी दिए ।

खनालका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उपसचिव तहका कर्मचारी संयोजक हुनेगरी राजनीतिक दलसमेत सम्मिलित समन्वय समिति गठन गरेर उद्धारको काम भएको छ । मेलम्ची, बाह्रबिसे, तातोपानीलगायत विभिन्न क्षेत्रमा उद्धार कार्य जारी छ ।

खनालले अझै सानो सिरुवारी, स्याउले, केराबारी र अन्य विभिन्न स्थानमा उद्धार कार्य जारी रहेको बताए । पीडितले राहत नपाएको भन्दै कोदारी राजमार्गको साँगा, हर्रे र बन्देउमा राहत सामग्री ल्याउन अवरोधसमेत गरेका छन् । रासस

  • Blogger Comments
  • Facebook Comments
Item Reviewed: सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या एक हजार आठ सय २० Description: Rating: 5 Reviewed By: ADVENT
Scroll to Top