728x90 AdSpace

newsbani

Latest News

Friday

उद्धार र राहतमा जुट्नुपर्ने सभासद सिंहदरबारमा किन ?

काठमाडौँ, वैशाख १७ 
भूकम्प प्रभावित जिल्लाका सभासदहरुले राहत तथा उद्धारका कार्यलाई तत्काल प्रभावकारी कार्यन्वयन गर्न भन्दै सिंहदरबार पुगेका छन् । आफूहरु भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि खटिनुपर्नेमा सिंहदरबार शक्तिकेन्द्र चहार्नु विडम्बना भएको भन्दै उनीहरु तत्काल राहतका कार्यक्रमलाई एकीकृत र प्रभावकारी रुपमा वितरण गर्न माग गर्दै सिंहदरबार पुगेका हुन् । जनप्रतिनिधि जनतासँग उद्धार र राहतमा जुट्नुपर्ने बेला राहत सामग्रीका लागि सिंहदरबारमा बिहानदेखि बेलुकासम्म ताकेता गरेर बस्नुपर्ने बाध्यताले आफूहरुलाई लज्जित बनाएको सभासदहरुले बताएका छन् ।

गोरखाका सभासद् एवं नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रभावित जिल्लामा जनताको उद्धार र राहतमा खटिनुभन्दा केन्द्रमा त्यसकै नाममा बैठकको झमेलामा पर्नु राम्रो नभएको बताए । राजधानी नजिकैका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा राहत लैजान कठिन भएको त्यस क्षेत्रका सभासद्ले गुनासो गरे । दोलखा क्षेत्र नं २ का सभासद् आनन्दप्रसाद पोखरेलले दोलखाका ८३ हजार घरधुरीमध्ये ५३ हजार घरधुरी भूकम्पबाट प्रभावित भएको जानकारी दिँदै त्यहाँ राहतका सामग्री लैजान कठिन भएको बताए ।

ओखलढुङ्गाका सभासद् रामहरि खतिवडाले भूकम्पले क्षतिग्रस्त ग्रामीण क्षेत्रमा अझै राहतका सामग्री पुग्न नसकेको र पुगेका सदरमुकाम आसपासका गाविसमा पनि राहत वितरण व्यवस्थित र प्रभावकारी नभएको गुनासो गरे ।सिन्धुपाल्चोकका सभासद् अग्निप्रसाद सापकोटाले राहत तथा उद्धारमा सरकारले प्रभावकारिता नदेखाएको गुनासो पोखे । जिल्लाका दुर्गम अति प्रभावित क्षेत्रका जनताले अहिले पनि राहतको महसुस गर्न नसकेको उनले बताए । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तथा वरपरका नुवाकोट, रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, कास्कीलगायत जिल्ला भूकम्पबाट बढी प्रभावित भएका छन् ।
  • Blogger Comments
  • Facebook Comments
Item Reviewed: उद्धार र राहतमा जुट्नुपर्ने सभासद सिंहदरबारमा किन ? Description: Rating: 5 Reviewed By: ADVENT
Scroll to Top