728x90 AdSpace

newsbani

Latest News

Friday

भूकम्पका कारण मृत्यु हुनेहरुको संख्या ६ हजार १ सय ९८ पुग्यो

काठमाडौं, वैशाख १८
शनिवार आएको विनाशकारी भूकम्पबाट परी मृत्यु हुनेहरुको संख्या ६ हजार १ सय ९८ पुगेको छ । भूकम्पमा परी १३ हजार ५ सय ६८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भूकम्पबाट भवनहरु भत्किँदा काठमाडौंमा १ हजार १ सय ६, भक्तपुरमा २ सय ६६ र ललितपुरमा १ सय ७० जनाको मृत्यु भएको छ । काठमाडौ उपत्यकाबाहेक मध्यक्षेत्रमा ३ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ भने पश्चिम क्षेत्रमा ४ सय १५, पूर्वमा क्षेत्रमा ५२ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ ।


भूकम्पमा परी ४३ जना विदेशी नागरिकको मृत्यु भएको छ भने ४१ जना अझै हराइरहेका छन् । अहिलेसम्म भूकम्पमा परी ४६ जना पर्यटक घाइते भएको तथ्याङ्मा उल्लेख छ ।

भूकम्पको मूख्य केन्द्र रहेको गोर्खा जिल्लाको साथै सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, दोलखा र लमजुङमा जनधनको ठूलो क्षति भएको छ । प्रहरीकाअनुसार हालसम्म १२ हजार ६४ घर पूर्ण रूपमा नष्ट भएका छन् भने २९ हजार ४ सय ५४ घरमा आंशिक क्षति पुगेको छ ।

  • Blogger Comments
  • Facebook Comments
Item Reviewed: भूकम्पका कारण मृत्यु हुनेहरुको संख्या ६ हजार १ सय ९८ पुग्यो Description: Rating: 5 Reviewed By: ADVENT
Scroll to Top