728x90 AdSpace

newsbani

Latest News

Saturday

नेपालका भूकम्प पीडितलाई फेसबुकले जुटायो १ अर्ब रुपैयाँ

काठमाडौं, बैशाख १९
सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितका लागि दुई दिनमै एक अर्ब रुपैयाँ संकलन गरेको छ ।
‘नेपाल अर्थक्वेक सर्पोट’ नामक पेज बनाएर आर्थिक संकलन अभियान थालेको फेसबुकले दुई दिनमा एक करोड अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ संकलन गरेको छ ।

अभियानबाट संकलित रकमसहित फेसबुक आफैले पनि नेपालका भूकम्प पीडितहरुका लाग २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो आह्वानपछि दुई दिन भित्रै पाँच लाखभन्दा धेरैले एक करोड डलर सहयोग प्रदान गरेको उल्लेख गरेका छन् । आफ्नो फेसबुक पोस्टमा संकलित रकमबारे जानकारी दिँदै उनले भनेका छन-‘नेपालीहरुलाई दुःख परेका बेला हाम्रो फेसबुक समुदायले जसरी एकजुट भएर रकम संकलन अभियान चलायो, यो निकै उत्साहप्रद छ ।’

फेसबुकका संस्थापक मार्क जुकरबर्ग
संकलित रकम इन्टरनेसनल मेडिकल कर्पमार्फत गैरनाफामुलक संस्थालाई उपलब्ध गराउने जुकरबर्गले उल्लेख गरेका छन् । उनले सहयोगकर्ता सबैलाई धन्यवाद दिँदै सहयोग जारी राख्न आग्रह गरेका छन् ।
नेपालका भूकम्पपिडीतका लागि फेसबुकले सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाख भन्दा बढी व्यक्ति सुरक्षित रहेको देखिएको थियो ।

नेपालमा भूकम्प गएपछि फेसबुकले फेसबुक प्रयोग कर्ता सुरक्षित रहेनरहेको जानकारी गराउन ‘सेफ्टी चेक’ नामक अप्सन आफ्नो पेजमा राखेको थियो ।

  • Blogger Comments
  • Facebook Comments
Item Reviewed: नेपालका भूकम्प पीडितलाई फेसबुकले जुटायो १ अर्ब रुपैयाँ Description: Rating: 5 Reviewed By: ADVENT
Scroll to Top