728x90 AdSpace

newsbani

Latest News

Sunday

भूकम्पका परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुग्यो

काठमाडौँ, बैशाख २०
विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुगेको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार तीन सय ९८ पुगेको छ ।

भूकम्पका कारण १० हजार चार सय ७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार एक सय ६८ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ४१ हजार दुर्इ सय ३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६ सय ५९ घर क्षति भएका छन् ।

पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार तीन सय ६९, पश्चिमाञ्चलमा चार सय १८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकमा दुई हजार पाँच सय ८०, नुवाकोटमा ६ सय ५९, गोरखामा चार सय १०, काभ्रेमा तीन सय ११ र रसुवामा तीन सय ६ जनाको मृत्यु भएको छ ।

Next
This is the most recent post.
Older Post
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Item Reviewed: भूकम्पका परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुग्यो Description: Rating: 5 Reviewed By: ADVENT
Scroll to Top